Thursday, August 18, 2022
घरTrendingतलव, भत्ता र सुविधाको रकम विपन्न विद्यार्थीको पठपाठनमा

तलव, भत्ता र सुविधाको रकम विपन्न विद्यार्थीको पठपाठनमा

काठमाण्डौ, ९ जेठ
राधेश्याम दाहाल
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ८ का निर्वाचित जनप्रतिनिधिले आफुले प्राप्त गर्ने तलव, भत्ता र अन्य सुविधा वापतको सम्पुर्ण रकम दलित, जनजाती र विपन्न वर्गका विद्यार्थीको पठनपाठनका लागी खर्च गर्ने घोषणा गरेका छन् ।
तेज विनायक चोक नजिकै रहेको वडा कार्यालयमा आज आयोजित पदभर ग्रहण कार्यक्रममा वडा अध्यक्ष हरिभक्त पुडासैनी, वडा सदस्य मुक्तिनाथ दाहाल र अर्का वडा सदस्य सीताराम आचार्यले संयुक्त रुपमा यस्तो घोषणा गरेका हुन् । अति आवश्यक घर परिवार र विद्यार्थीको अवस्था हेरेर सो रकम खर्च गरिने र आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरुले सो अवसरमा ब्यक्त गरे । पदभार ग्रहण गर्दै वडा अध्यक्ष पुडासैनीले आफुले कार्यकाल भरी सवैलाई सहज र सरल हुने किसिमले काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे ।

विगतमा वडा अध्यक्षलाई कार्यालयमा भेट्नै नसकिने र काम कारवाहीमा ढिला सुस्ती हुने गरेका गुनासा ब्यापक थिए । त्यसैले आफनो कार्यकालमा त्यो अवस्था नहुने र वडाका काम कारवाही चुस्त दुरुस्त बनाउन आफुले हरसंभव प्रयास गर्ने पनि वडा अध्यक्ष पुडासैनीले बनाए । वडा भित्र रहेका सार्वजनिक संपत्तीको संरक्षण गर्ने, संभव भएका ठाउमा विभिन्न किसिमका योजनाहरु संचालन गर्ने विषयमा पनि आफुले भुमिका निर्वाह गर्ने पुडासैनीको दावी थियो ।
पदभार ग्रहण समारोहमा पूर्व वडा अध्यक्ष श्रीकृष्ण चापागाई, पूर्व वडा सदस्यहरु लगायत विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments