Thursday, August 18, 2022
घरTrendingवडालाई नमुना बनाइछाड्छु ः अध्यक्ष थापा

वडालाई नमुना बनाइछाड्छु ः अध्यक्ष थापा

काठमाण्डौ, ९ जेठ
कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेको वडा नम्वर ९ का वडा अध्यक्ष अनिल थापाले आफनो कार्यकालमा वडाले काँचुली फेर्ने दावी गरे । पदभार ग्रहण कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले आफनो कार्यकाल सकिदा सवैले गर्व गर्न लायकको वडा बनाउने प्रतिबद्धता पनि ब्यक्त गरे । वडा अध्यक्ष थापाका लागी आगामी पाँच बर्ष थप चुनौतिपुर्ण छ । उनी बाहेक अन्य सवै वडा सदस्यहरु नेकपा एमालेले जितेको छ । साथै पूर्व मेयर कृष्णहरि थापाको पनि वडा भएकाले उनले गर्ने काम कारवाही सवैको चासोको विषय रहने देखिन्छ ।
उनले पदभार ग्रहण पछि आयोजित कार्यक्रममा बोल्दै आफुले कसैलाई काखा र कसैलाई पाखा गर्ने सोच नराखेको र पूर्वाग्रह राखेर काम गर्ने सोच नराख्न अन्य सदस्य र कर्मचारीहरुलाई पनि आग्रह गरे । अवको पाँच बर्ष सवैलाई साथमा लिएर अगाडी बढ्ने लक्ष्य आफनो रहेको पनि उनको दावी थियो । सवैको घरमा खानेपानी र वडाको सेवालाई चुस्त दुरुस्त बनाउने अभियानमा आजैका दिनबाट आफु लागेको पनि उनको भनाई थियो । शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक र आम नागरिकको दैनिक जीवन सहज बनाउनका लागी आफुले हर संभव उपायहरु अबलम्बन गर्ने पनि उनको दावी थियो ।
अन्य वडासँग सहकार्य गरेर खेलकुदका पूर्वाधार निर्माण गर्ने र नगरपालिकाको स्पोर्टस सिटीको सपनालाई साकार पार्न आफुले पनि दिलोज्यान दिएर मिहिनेत गर्ने उनको भनाई थियो । पदभार ग्रहण समारोहमा उनीसँग पराजित भएका नेकपा एमालेका रामहरि गौतम लगायत विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति थियो ।
हरिभक्त र भिमले पनि आजैबाट पद सम्हाले


यसै विच वडा नम्वर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी र वडा नम्वर ७ का वडा अध्यक्ष भीम थापाले पनि सोमवार नै पदभार ग्रहण गरेका छन् । वडा नम्वर ८ का वडा अध्यक्ष पुडासैनी सहित वडा सदस्यहरु मुक्तिनाथ दाहाल र सीताराम आचार्यले वडाबाट प्राप्त गर्ने तलव, सुविधाबाट प्राप्त हुने रकम गरिव र जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गर्ने घोषणा पनि सोही अवसरमा गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments