Thursday, August 18, 2022
घरBanner Newsमेयरसाप होइन जनताको सेवक बनेर काम गर्ने कार्कीको प्रतिबद्धता

मेयरसाप होइन जनताको सेवक बनेर काम गर्ने कार्कीको प्रतिबद्धता


काठमाण्डौ, ९ जेठ
राधेश्याम दाहाल
कागेश्वरी मनोहराका नवनिर्वाचित मेयर उपेन्द्र कार्कीले जनताको सेवा गर्ने उदेश्यका साथ पदमा आसिन भएकाले आफुलाई साप होइन जनताको सेवक भनेर सम्बोधन गर्न आग्रह गरेका छन् । नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण र पदभार ग्रहण समारोहमा आफनो भनाई राख्दै मेयर कार्कीले साप भन्ने शब्दले जनता र मेयर विचको दुरी बढाउने तर्क गरे ।
उनले आफनो कार्यकालमा नगरपालिकालाई नमुना बनाइ छाड्ने प्रतिबद्धता पनि ब्यक्त गरे । नगरपालिकाले आफुसँग भएका अधिकार र सीमालाई साँघुरो बनाएका कारण विगतको कार्य समितिले अपेक्षाकृत काम गर्न नसकेको उनको तर्क थियो । आगामी पाँच बर्ष भित्र नगरपालिकाका प्रत्येक घरलाई शुद्ध खानेपानी पु¥याउने उदेश्यका साथ काम गर्ने प्रतिबद्धताका साथ काम गर्न मेयर कार्कीले निर्देशन पनि दिए । त्यसका लागी संभाब्यता अध्ययन गरेर काम थालनी गर्ने निर्णय पनि नगरपालिकाको आजको पहिलो बैठकले निर्णय पनि गरेको छ ।

मेयर कार्कीले नगरपालिकामा जुन सुकै दलबाट निर्वाचित भएपनि अवको पाँच बर्ष सवैले आफनो राजनैतिक टोपी घरमा नै राखेर नगरपालिका प्रवेश गर्न पनि आग्रह गरे । राजनैतिक पूर्वाग्रह राखेर काम नगर्ने बताउदै मेयर कार्कीले अवको पाँच बर्षमा सवैले गर्व गर्न लायकको नगरपालिका बनाउने प्रतिबद्धता पनि ब्यक्त गरे । उनले कागेश्वरी मनोहरा नगरपालिकालाई धार्मिक र पर्यटकिय गन्तब्यका रुपमा विकास गर्ने लक्ष्यका साथ काम गर्ने सोच आफुसँग भएको पनि तर्क गरे । उनले नगरपालिकालाई स्पोर्टस सिटीका रुपमा अगाडी बढाउने सोचका साथ आफुले काम गर्ने पनि दावी गरे ।
नगरपालिकाले प्रदान गर्ने सेवा छिटो, छरितो र दुरुस्त बनाउनका लागी आवश्यक पर्ने सवै प्रकृया पुरा गर्ने पनि उनको दावी छ । डिजिटल नगरपालिका बनाउने गरी काम कारवाही अगाडी बढाउने पनि उनको भनाई थियो । आफनो गतिमा गति मिलाए हिड्न पनि उनले नगरपालिकासँग आबद्ध सवैलाई आग्रह गरे । अघिल्लो निर्वाचनमा ४ सय ३७ मतले पछाडी परेका कार्की अहिलेको निर्वाचनमा ३ हजार मतान्तरले विजयी भएका हुन् । पूर्व मेयर कृष्णहरि थापा यो पटकको निर्वाचनमा तेश्रो स्थानमा रहदै तीन हजार मतमा नै खुम्चनु परेको थियो । थली स्थित आस्था पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मेयर कार्कीले उपमेयर शान्ता थापा, नौ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथ दिलाएका थिए । यस अघि आजै विहान राष्ट्रिय सभागृहमा जिल्ला न्यायाधिशबाट मेयर कार्कीले सपथ लिएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments