Thursday, July 7, 2022
घरBanner Newsकागेश्वरी मनोहरामा कांग्रेसलाई सफलता

कागेश्वरी मनोहरामा कांग्रेसलाई सफलता

काठमाण्डौ, ५ जेठ
स्थानियतह निर्वाचनमा अघिल्लो पटक नमिठो पराजय ब्यहोरेको कांग्रेसले यो पटक भने कागेश्वरी मनोहरामा इतिहास रच्दै सफलता प्राप्त गरेको । नगर प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीको अग्रता बढ्दै जादा वडाहरुमा पनि कांग्रेसका उम्मेदवारहरु विजयी हुने क्रम जारी छ । वडा नम्वर २, ७, ८ र ९ वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । वडा नम्वर २ मा सुरज खड्का, वडा नम्वर ७ मा भीम थापा, त्यस्तै गरी वडा नम्वर ८ मा हरिभक्त पुडासैनी र वडा नम्वर ९ मा अनिल थापा विजयी भएका छन् । वडा नम्वर ७ यस अघि पनि नेपाली कांग्रेसले जितेको वडा हो । वडा नम्र ८ र ९ मा भने नेपाली कांग्रेसले २०४८ साल देखी नै सफलता हासिल गर्न सकेको थिएन ।

अब्बल अनिल
कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नम्वर ९ को मतगणना सवैभन्दा बढी चासोको रुपमा रहेको थियो । यस अघिको निर्वाचनमा झण्डै ५ सय मतले पछाडी परेको नेपाली कांग्रेसले यो पटक जीत हात पार्ने दावी गर्दै आएको थियो । मतगणना हुदै गर्दा नेकपा एमालेसँग कडा टक्कर परेको थियो तर अन्तत ६१ भोटले अनिलले बाजी मारे । अनिल थापाले १५०२ मत प्राप्त गरे । नेकपा एमालेक रामहरि गौतमले १४४१ मत प्राप्त गरे ।

पूर्व मेयर कृष्णहरि थापाको वडा समेत भएका कारण अनिले जित्ने विषयमा आशंकाहरु पनि थिए । पूर्व मेयर कृष्णहरि थापा नेकपा समाजवादीको तर्फबाट यो पटक उम्मेदवार बनेका थिए । समाजवादीको तर्फबाट वडा नम्वर ९ मा उठेका परिराम खड्काले ४ सय ४२ मत प्राप्त गरे । हलो चिन्हबाट उठेका दिपक खड्काले १ सय ९५ मत प्राप्त गरे । विभिन्न सामाजिक संघ संस्थामा काम गरेको अनुभव भएका कारण स्थानिय माझ अनिल लोकप्रिय थिए । विभिन्न ब्यापार र ब्यवसायमा पनि आबद्ध भएका कारण अनिलले स्थानिय स्तरमा त्यती धेरै परिचय दिइराख्नु पर्ने अवस्था थिएन । युवाहरु माझ लोकप्रिय अनिलले खेलकुद, मनोरंजन, लागु औधष विरुद्धको अभियान लगायतमा पनि उनको सक्रियता धेरै थियो । नैतिक शिक्षाको आवश्यकता, साहित्य श्रृजना, गीत संगितमा पनि युवाहरुको भुमिका रहनु पर्छ भनेर उनले लामो समय देखि अभियान नै चलाएका थिए । ती कारणहरुले गर्दा पनि उनलाई निर्वाचित हुन थप सहज भयो । चारै जना वडा सदस्य एमालेबाट जित्दा पनि अनिलले राम्रो मतान्तरले जीत हात पारे । उनले आगामी दिनमा सवैलाई समेटेर वडाको विकासका लागी अहम भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । जनताका साना भन्दा साना समस्या बुझेर समाधानका लागी यथासक्य पहल गर्ने दावी उनको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments