काठमाण्डौ १७ बैशाख
सत्ता साझेदार दलहरु विच स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने सहमती भएपनि काठमाण्डौ जिल्ला अन्र्तगत रहेको कागेश्वरी मनोहरा नगरपालिकामा भने त्यसले काम गरेन । सो नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपेन्द्र कार्की, नेकपा एकिकृत समाजवादीको तर्फबाट वर्तमान मेयर कृष्णहरि थापा र नेकपा एमालेको तर्फबाट रामशरण ढुङगाना चुनावी मैदानमा उत्रेका छन् । सो नगरपालिकामा नेपाली कांग्रेस र माओवादी विच चुनावी तालमेल भएको छ । जस अनुसार केही वडा सदस्यहरु र उपमेयर माओवादीले पाएको छ । माओवादीको तर्फबाट भोला चापागाई उपमेयरको उम्मेदवार बनेका छन् । सो नगरपालिकामा सहमती बमोजिम समाजवादीले मेयर पाउने चर्चा चलेको थियो ।
अन्तिम समयसम्म पनि सो क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद बनेका माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विच सहमतीका लागी छलफल चलेको थियो । श्रोतका अनुसार संसदीय निर्वाचनमा माधव नेपाललाई सघाउने विषयमा सहमती बनेको बुझिएको छ । सोही अनुसार काठमाण्डौ महानगरपालिकाको ३२ वडा र शंकरापुर नगरपालिका समाजवादीलाई छाड्न कांग्रेस तयार भएको हो ।
वर्तमान मेयर कृष्णहरि थापाले कुनै पनि हालतमा आफु नछाड्ने र सहमती हुन नसके एक्लै भएपनि चुनावी मैदानमा जाने बताउदै आएका थिए । माधव नेपालले सहमती गराउन अन्तिम समय सम्म प्रयास गरेपनि त्यो सफल हुन सकेन । नेपाली कांग्रेसले यो पटक कागेश्वरी मनोहरा नगरपालिका कुनै पनि हालतमा नछाड्ने अडान लिएको थियो । बरु त्यसको बदलामा अन्य स्थानमा सहमती गर्न सकिने भनेर नेताहरु विच भएको छलफलमा बताएको श्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार माधव नेपालले आफनै क्षेत्रमा पनि अडान लिन नसकेको भन्दै कृष्णहरि थापा असन्तुष्ट देखिएका छन् । माधव नेपाल निकट श्रोतले दिएको जानकारी अनुसार उपमेयर र केही वडा लिएर कांग्रेसलाई मेयर दिने विषयमा पनि छलफल चलेको थियो ।
तर कृष्णहरि थापाले कुनै पनि हालतमा त्यस्तो हुन सक्दैन भनेपछि सो विषय पनि ओझेलमा परेको थियो । नेपाली कांग्रेसको एउटा पक्ष पनि मेयर कृष्णहरि थापालाई दिएर उपमेयर र बहुमत वडाहरु लिएर निर्वाचनमा जान सकिने भनेर प्रयासरत थिए । तर अन्मित समयसम्म पनि सहमती हुन नसकेपछि सवै पक्ष आ आफनै लाइनमा निर्वाचनमा जान बाध्य भएका थिए । अन्य पार्टी भन्दा कमजोर रहेको माओवादीले कांग्रेससँग सहकार्य गर्न इच्छा जनाए पछि नेपाली कांग्रेसलाई मेयर पद लिएर गठबन्धन गर्न थप सहज भएको बुझिएको छ । यो गठबन्धनले नेपाली कांग्रेस सहितको गठबन्धनलाई केही सहज हुने अवस्था देखिएको छ ।
कागेश्वरीमा किन हुन सकेन गठबन्धन?
RELATED ARTICLES