Tuesday, May 17, 2022
घरBanner Newsकागेश्वरीमा उपेन्द्र, शंकरापुरमा ओमको उम्मेदवारी

कागेश्वरीमा उपेन्द्र, शंकरापुरमा ओमको उम्मेदवारी

काठमाण्डौ, १२ बैशाख
कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी मात्रै मिलेर निर्वाचनमा सहभागी भएका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा समाजवादी भने सो नगरपालिकामा गठबन्धन भन्दा बाहिर परेको छ । कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने सहमती भएपछि सोमवार अवेर दुवै समुहले निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका थिए । सो नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपेन्द्र कार्की मेयरका प्रत्यासी हुन् । नेकपा एमालेले भने सो नगरपालिकामा रामशरण ढुङगानालाई अगाडी सारेको छ । यता समाजवादीले भने वर्तमान मेयर कृष्णहरि थापालाई नै अगाडी सारेको छ । काठमाण्डौ क्षेत्र नम्वर २ अन्र्तगत पर्ने महानगरका दुई वटा वडा र कागेश्वरी मनोहराका वडाहरुमा टिकट वितरणमा केही विवाद देखिएको छ । विवादका कारण सोमवार केही बेर क्षेत्रिय कार्यालयमा तनावको अवस्था पनि श्रृजना भएको थियो । उता शंकरापुर नगरपालिकामा कांग्रेसको तर्फबाट ओम कार्कीले मेयरमा मनोनयन गरेका छन् । नेपाली काँग्रेसले काठमाडौँमा रहेका विभिन्न पालिकामा उम्मेदवार टुङ्गो लगाएको छ।
काठमाडौँ महानगरपालिकामा
सृजना सिंह (मेयर नेपाली काँग्रेस)
रामेश्वर श्रेष्ठ (उपमेयर समाजवादी)
दक्षिणकाली दुवै काँग्रेस
मोहन बस्नेत (मेयर)
बसन्ती डङोल तामाङ (उपमेयर)
कृतिपुरमा छलफल हुँदै
चन्द्रागिरि
घनश्याम गिरी (मेयर) (नेपाली काँग्रेस)
यमुना श्रेष्ठ(उपमेयर) (नेपाली काँग्रेस)
नागार्जुन
मोहन बस्नेत (नेपाली काँग्रेस) मेयर
कल्याणी खड्का उपमेयर (नेपाली काँग्रेस)
तार्केश्वर
कृष्ण हरि महर्जन (नेपाली काँग्रेस) मेयर
शिर्जना बुर्लाकोटी (उपमेयर) (नेपाली काँग्रेस)
बुढानीलकण्ठ
बिनोद चालिसे (नेपाली काँग्रेस) मेयर
गोकर्णेश्वर
दीपक रिसाल(नेपाली काँग्रेस) मेयर
शान्ति नेपाल (उपमेयर) नेपाली काँग्रेस
कागेश्वरी मनोहरा
उपेन्द्र कार्की(नेपाली काँग्रेस) मेयर
भोला चापागाईँ (माओवादी) उपमेयर
शन्खरापुर दुवै काँग्रेस
ॐ कार्की( मेयर)
समिता श्रेष्ठ(उपमेयर)

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments