Tuesday, May 17, 2022
घरTrendingदोलखामा बस्नेतको भव्य सम्मान

दोलखामा बस्नेतको भव्य सम्मान

काठमाडौ । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा १ नं. प्रदेश खेलकुद विकास बोर्डका कार्यकारी सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत सम्मानित भएका छन् ।
नेपाल वादोरियो कराते संघले दोलखामा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच बस्नेतलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका मेयर भरत के.सी. र नेपाल कराते महासंघका महासचिव हरिशरण के.सी.ले संयुक्त रुपमा बस्नेतलाई सम्मान समर्पण गरेका हुन ।                                      कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव राष्ट्रिय प्रशिक्षक तथा युवा नेता ओमकृष्ण प्रसाईको समेत उपस्थिति रहेको थियो ।
सम्मान ग्रहण पश्चात आफ्नो सम्वोधनमा बस्नेतले नेपालमै धार्मिक पर्यटनको रुपमा मात्र नभएर दोलखा अन्र्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित भएको र पहिलो पदक ल्याउने खेलाडी जित्सबहादुर के.सी., पेम्बा तामाङ, हरिशरण के.सी., मानबहादुर तामाङ जस्ता व्यक्तित्वहरु जन्मिएको जिल्ला भएको उल्लेख गर्दै यस्तो ऐतिहासिक ठाउँमा सम्मानित हुन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताए । उनले भने ‘यो सम्मानका लागि आयोजकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, साथै यो सुवर्ण असरका लागि गुरुहरु हरिशरण के.सी. र ओमकृष्ण प्रसाईप्रति आभार व्यक्त गर्दछु ।’ कार्यक्रमका बत्ताहरुले सम्मानित कृष्ण (पर्शुराम) बस्नेतको व्यक्तित्वको चर्चा तथा परिचर्चा गरेका थिए ।


RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments