काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ ।
पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएपछि लम्बाइएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न माग गर्नुभएको छ । १६ गतेसम्म सक्न कोशिस गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ’ मंगलबार स्थायी कमिटीको बैठकपछि नेता श्रेष्ठले भने ।
माओवादीको महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।