Saturday, January 22, 2022
घरविशेषथप १८४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप १८४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

२६७ जना संक्रमणमुक्त भएका छन् ।

७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । मृत्‍यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ भने ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् ।

जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १११ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments