काठमाडौं । अभिनेता रितेश चाम्स भीरबाट लडेर घाइते भएका छन् ।
फिल्म ‘गोर्खा वारियर–२’ छायाङ्कन क्रममा अभिनेता रितेश चाम्स फिल्मका लागि एक दृश्य दिँदा भीरबाट लडेर घाइते भएका हुन् ।
घाइते रितेशको अहिले सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनकमा उपचार भइरहेको फिल्मका निर्माता एवम् निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् ।
उनले घाँटी र शरीरका विभिन्न अन्य भागमा चोट लागेको चाम्सको भनाई रहेको छ ।
फिल्मको बुधबार बिहान सिन्धुलीको कमलामाई क्षेत्रमा छायाङ्कन भइरहेको थियो । अभिनेता रितेश भीरबाट झर्दै तल गहिरोमा पुगेर विपक्षीलाई आक्रमण गर्नुपर्ने दृष्य छायाङ्कन हुँदै गर्दा लडेर घाइते भएका हुन् ।
रितेस घाइते भएपछि उनको पाटो रोकेर निर्देशक चाम्सले अन्य पाटोको भने छायाङ्कन थालेका छन् ।
‘गोर्खा वारियर–२’ को छायाङ्कन सिन्धुलीबाट ९ मंसिरदेखि सुरु भएको थियो ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको फिल्म सन् २०२२ मा भित्र रिलिज हुनेछ ।