काठमाडौं । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘ कोरोना पोजिटिभ आएको छ । सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’