Friday, August 12, 2022
घरसमाचारविश्वभर एकैदिन ६ लाख जनामा कोरोना पुष्टि

विश्वभर एकैदिन ६ लाख जनामा कोरोना पुष्टि

काठमाडौं । विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन ।

विश्वभर बिहिबारसम्म ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन ।

यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन । ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा एक लाख ७ हजार ६९०, फ्रान्समा ५६ हजार ८५४, बेलायतमा ५० हजार ८६७, रुसमा ३० हजार २०९ र टर्कीमा १९ हजार ६९६ जना थपिएका छन ।

यसैगरी अमेरिकामा ५० हजार ४६०, बेलायतमा ३७ हजार ७७५, रुसमा ३५ हजार ७९४, टर्कीमा २७ हजार २६३ र फ्रान्समा २१ हजार ८७ जना निको भएका छन ।

यस्तै रुसमा एक हजार १८१, अमेरिकामा एक हजार ३४, ब्राजिलमा २०६, टर्कीमा १९५, बेलायतमा १४८ र फ्रान्समा १३६ जना संक्रमितको मृत्यु भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments