काठमाडौं । मिस वर्ल्डको प्रतिस्पर्धामा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान पुगाउन सफल भएकी छन् ।
नेपाल इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा प्रवेश गरेको हो ।
नेपालको प्रतिनिधित्व गरिरहेकी नम्रताले हेड टु हेडमा सोधिएको प्रश्नमा निकै उत्कृष्ट जवाफ दिएकी थिइन् ।
उनले दिएको जवाफको धेरैले तारिफ गरेका थिए । उत्कृष्ट ३० मा नेपालसँगै पाराग्वे, क्यामारुन र फिलिपिन्सले पनि आफ्नो स्थान पक्का गरिसकेको छन् ।
अमेरिकामा जारी मिस वर्ल्डको प्रतिस्पर्धामा भोटिङ चलिरहेको छ ।
पछिल्लो समय भोटिङका आधारमा दिइने ब्युटी वीथ पर्पोस र मल्टिमिडिया अवार्डमा नेपाल बलियो दावेदार मानिन्छ ।