Saturday, January 22, 2022
घरBanner Newsविद्यार्थी नेता राजिवको केन्द्रिय सदस्यमा उम्मेदवारी, प्रशिक्षण र अनुशासनामा जोड दिने...

विद्यार्थी नेता राजिवको केन्द्रिय सदस्यमा उम्मेदवारी, प्रशिक्षण र अनुशासनामा जोड दिने प्रतिबद्धता

काठमाण्डौ, १७ मंसिर
नेपाल विद्यार्थी संघका वर्तमान सभापति राजिव ढुङगाना पनि नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । काठमाण्डौमा विहिवार केही संचारकर्मीहरुको उपस्थितिमा उनले आफनो उम्मेदवारी घोषणा गरे । नेपाल विद्यार्थी संघमा सरल, सहज र इमान्दार नेताका रुपमा आफनो पहिचान बनाएका ढुङगाना उनको गृह जिल्ला सुनसरीमा पनि त्यतीकै लोकप्रिय नेता हुन् ।
पार्टी भित्र बढ्दै गएको अनुशासन विहिन गतिविधिलाई नियन्त्रण गर्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय आफनो मुख्य एजेण्डा भएको पनि ढुङगानाले बताए । पार्टीको एघारौ महाधिवेशनदेखी अहिलेसम्म महासमिति सदस्यका रुपमा रहेर अग्र पंक्तिमा कार्य गर्दै आएका ढुङगाना आफुलाई विशिष्ट परिस्थितिका कारण पार्टीले नेपाल विद्यार्थी संघको नेतृत्व सुम्पेको दावी गर्छन् । नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त रुपमा अघि बढाउन र अधिवेशन गर्नका लागी कोरोनाका कारण असर्मथ रहेको पनि उनको दावी छ ।
२०५७ साल देखी नेपाल विद्यार्थी संघमा आबद्ध रहेका ढुङगानाले सो संगठनमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । नेपाल विद्यार्थी संघको नेतृत्व हस्तान्रण गर्ने प्रकृयाका लागी पार्टी नेतृत्वसँग छलफल गरेर अगाडी बढ्ने तयारी भएको पनि ढुङगानाले बताए । पार्टी भित्र यो अधिवेशन पश्चात जबरजस्त रुपमा युवाहरुको प्रवेश हुने भएकाले प्रशिक्षण र अनुशासनलाई आत्मसात गरियो भने मात्रै पार्टी बलियो हुने पनि उनको दावी छ । आफनो प्रवेशले विद्यार्थी र युवा बर्गमा नया सन्देश जाने विश्वास पनि ढुङगानाको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments