Friday, August 19, 2022
घरBanner Newsपरिवर्तन खोज्ने गगन र प्रकाशमानले उपेन्द्रलाई किन नरोज्ने?

परिवर्तन खोज्ने गगन र प्रकाशमानले उपेन्द्रलाई किन नरोज्ने?

काठमाण्डौ, १२ मंसिर
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्र्तगत आज काठमाण्डौ जिल्लाको अधिवेशन हुदैछ । नया नेतृत्वका लागी उपेन्द्र कार्की र वर्तमान सभापति कृष्ण सबुज बानिया मैदानमा उत्रेका छन् । वर्तमान सभापति बानियालाई प्रकाशमान सिंह र गगन थापाको समर्थन रहेको छ । अर्का उम्मेदवार कार्कीलाई देउवा र सिटौला समुहको बलियो समर्थन रहेको छ । पार्टीमा विधिसम्मत काम भएन, पार्टीको नेतृत्वले पार्टीलाई सही दिन दिन सकेन भनेर सधै नेतृत्वको आलोचना गर्ने र पद्धतीको राग अलाप्ने गगन थापा र पछिल्लो समय देउवा नेतृत्वलाई असफल हो भनेर दावी गर्ने प्रकाशमान सिंहले क्लव हाउस जस्तो बनाउन खोजेको आरोप उनी माथी लाग्दै आएको छ । काठमाण्डौ जिल्लाले जे निणर्य गर्नु परेपनि बानियाले एक पटक चाक्सीबारीमा गएर नसोधी काम नै गर्न नसकेको आरोप उनी माथी छ । हुन पनि उनले गर्ने हरेक कार्यक्रममा प्रकाशमान सिंहको उपस्थिति भएकै हुन्छ । काठमाण्डौ जिल्लाका हरेक वडाको अधिवेशन र क्रियाशिल सदस्यताको विषयमा चाक्सीबारीमा छलफल र चर्चा हुने गरेको स्वयं प्रकाशमान सिंहले केही दिन अगाडी आफैले स्वीकार गरेको विषय हो । मलाई साथीहरुले खाली काठमाण्डौको मात्रै कुरा ल्याएर यहीको मात्र नेता बनाउन खोजे भनेर उनले भाषणमा नै भनेका थिए । बानियाले नेतृत्व विकास गर्न नसकेको उनका आफनै टिमका साथीहरु पनि स्वीकार गर्छन् । टिमको नाममा मान्नुको विकल्प नभएको उनीहरु बताउछन् । नेतृत्वले संगठनलाई चलायमान र क्रियाशिल बनाउन नसकेपछि विकल्पको खोजी गर्नुपर्छ । यो सत्य हो । केन्द्रमा त्यही अवस्था भयो भनेर विरोध गर्ने सिंह र थापाले काठमाण्डौमा बानियालाई उम्मेदवारका रुपमा काँध थाप्नुलाई सवैले अर्थपूणर् रुपमा हेरेका छन् । अर्को गुटको उम्मेदवार भयो भनेर उपेन्द्रको योग्यता र क्षमतालाई गगन थापा जत्तिको नेताले अवमुल्यन गर्नु हुदैन भन्नेहरुको संख्या पनि धेरै छ । केन्द्रमा महामन्त्री र पार्टी सभापति बन्छु भनेर हिड्नेहरुले काठमाडौ जिल्लामा देखाएको भुमिकाले उनीहरुको दक्षता र क्षमतामा मात्र होइन नियतमा पनि प्रश्न चिन्ह लागेको छ । उपेन्द्रले काठमाडौ क्षेत्र नम्वर २ को दुई पटक क्षेत्रिय सभापति बन्दा गरेका गतिविधिलाई एक पटक गगन जीहरुले नियाल्दा हुन्छ भन्छन् त्यो क्षेत्रका युवा नेता कविर शर्मा । क्षेत्रिय सभापतिहरुको राष्ट्रिय सम्मेलन गरेर सवै नेताको पं्रसंसा बटुलेका उपेन्द्रले काठमाण्डौको नेतृत्व पनि सक्षमताका साथ निर्वाह गर्ने विश्वास गर्न सकिन्छ । गगन थापा जत्तिको आशा गरिएका नेताले अर्को गुटको भयो भनेर उपेन्द्रको क्षमतालाई अवमुल्यन गर्न खोज्नुलाई पनि अर्थपुणर् रुपमा हेरिएको छ । त्यसैले केन्द्रमा परिवर्तन खोज्ने साहस गर्नेले नेतृत्वलाई सक्षम रुपमा अगाडी बढाउन नसक्ने जुन सुकै तहको नेतृत्व भएपनि विकल्पको खोजी गर्न साहस गर्नुपर्छ । मंसिरको केन्द्रिय महाधिवेशनमा आफुले उठान गर्ने एजेण्डाका बारेमा अहिले नै चनाखो हुन सके गगन थापा जत्तिको नेतलाई फाइदा पुग्न सक्छ । अन्यथा आफनो भए ठिक अरु भए बेठिक भन्ने भावनाले भोलिका दिनमा असर गर्न सक्छ । यस तर्फ पनि विचार गर्ने कि?

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments