Saturday, January 22, 2022
घरBanner Newsदेउवा-सिटौलाको साझा उम्मेदवार उपेन्द्र

देउवा-सिटौलाको साझा उम्मेदवार उपेन्द्र

काठमाण्डौ, ९ मंसिर
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्र्तगत शुक्रवार हुने जिल्लाको निर्वाचनमा देउवा समुहले उपेन्द्र कार्कीलाई उम्मेदवारका रुपमा अगाडी सार्ने तयारी गरेको बुझिएको छ । प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले पनि उपेन्द्र कार्कीलाई नै आफनो उम्मेदवारका रुपमा समर्थन गरेका छन् । मंगलवार सम्पन्न क्षेत्रिय अधिवेशन र केही साता अगाडी सम्पन्न नगर अधिवेशनमा कार्कीले खेलेको भुमिका र उनको प्रभावपछि देउवा समुह उनलाई उम्मेदवार बनाउन तयार भएको बुझिएको छ । काठमाण्डौ क्षेत्र नम्वर २ का निर्वतमान क्षेत्रिय सभापति कार्कीको भुमिकाका कारण सो क्षेत्रमा देउवा समुहले बलियो पकड बनाउदै आएको छ । क्षेत्रिय समितिमा पनि उनकै उम्मेदवार कविर शर्माको प्यानल विजयी भएको थियो । महाधिवेशन प्रतिनिधिमा पनि कार्की सहित २३ जना विजयी भएका थिए । क्षेत्रिय सभापति हुदा पनि अत्यन्तै क्रियाशिल भएर राष्ट्रिय राजनीतिमा पनि कार्की चर्चाको विषय बनेका थिए । काठमाण्डौ भित्रका समस्याहरुका बारेमा एजेण्डा उठाउने ब्यक्तिका रुपमा पनि कार्की परिचित छन् । क्षेत्रिय सभापतिहरुको राष्ट्रिय सम्मेलन आफनो क्षेत्रमा गरेर पनि उनले सवै नेताहरुको नजरमा आफुलाई अब्बल सावित गरिसकेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments