Saturday, January 22, 2022
घरBanner Newsकाठमाण्डौ २ मा कविरको ‘क्लियर’ जीत

काठमाण्डौ २ मा कविरको ‘क्लियर’ जीत

काठमाण्डौ, ८ मंसिर
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्र्तगत मंगलवार सम्पन्न क्षेत्रिय समितिको निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्वर २ मा देउवा समुहका कविर शर्मा विजयी भएका छन् । उनले प्रकाशमान समुहका अर्जुन पराजुलीलाई पराजित गरे । कविरले २ सय ८५ मत प्राप्त गरे । पराजुलीले २ सय २० मत मात्रै प्राप्त गरे । देउवा समुहको बलियो उपस्थिति रहेको काठमाण्डौ २ मा क्षेत्रिय समितिको सवै पदमा सो समुहले बाजी मारेको छ । सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पनि चार जना बाहेक अरु सवै देउवा समुहका नेताहरु विजयी भएका छन् । कांग्रेसको १४ औ महाधिवेशनमा युवाहरुको जवरजस्त उपस्थिति छ भन्ने सन्देश कविर शर्माको विजयले दिएको छ । नेपालको राष्ट्रिय राजनीतिमा समेत विशेष महत्व राख्ने काठमाण्डौ क्षेत्र नम्वर २ को निर्वाचनले अवको कांग्रेसको भविष्य युवाहरुको काँधमा आउने प्रष्ट देखिन्छ । पेशाले जियोलोजिष्ट भएपनि राजनीति मार्फत समाज परिवर्तनको सपना बुनेर कविर शर्मा राजनीतिमा होमिएका युवा हुन् । उमेरले ३३ बर्ष मात्रै पुगेका कविर त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति गरेर पनि थप चर्चामा थिए । काठमाण्डौ २ को नतिजाले यति बेला युवाहरु राजनीतिमा पनि चेतनशिल हुनुपर्छ र राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने सन्देश दिएको राजनीतिका जानकारहरु बताउछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments