Saturday, January 22, 2022
घरBanner Newsकाठमाण्डौ २ मा देउवा समुहबाट ‘सक्षम’ युवाको उम्मेदवारी

काठमाण्डौ २ मा देउवा समुहबाट ‘सक्षम’ युवाको उम्मेदवारी

काठमाण्डौ, १ मंसिर
नेपाली कांग्रेसको चौधौ महाधिवेशनले पार्टी भित्र जवरजस्त रुपमा युवाहरुको प्रवेश हुने संकेत गरेको छ । विभिन्न जिल्लाहरुबाट प्राप्त नतिजाहरुले त्यसलाई प्रमाणित गर्ने काम गरिररहेको छ । राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्ने काठमाण्डौको क्षेत्र नम्वर २ को विषय पनि यतिबेला राष्ट्रिय राजनीतिको चर्चाको विषय बनेको छ । काठमाण्डौमा कांग्रेस सभापति शेर बहादुर देउवा समुहको बलियो उपस्थिति रहेको क्षेत्रका रुपमा काठमाण्डौ २ रहेको छ । सो क्षेत्रबाट यस पटक प्रदेश र क्षेत्रमा तय गरिएका उम्मेदवारहरुको लिष्टले राष्ट्रिय राजनीतिमा समेत एउटा सन्देश जाने विश्वास गरिएको छ । काठमाण्डौको राजनीतिमा चर्चाको विषय बन्ने गरेका प्रकाश मान सिंहले पार्टी सभापतिमा लड्ने निणर्य गरेसँगै सो क्षेत्रमा पनि उनले हस्तक्षेपकारी भुमिका खेलेको बुझिएको छ । त्यसैले सो क्षेत्रमा क्षेत्रिय सभापति उपेन्द्र कार्की र प्रकाशमान सिंह समुह विच भिडन्त भन्ने चर्चा पनि हुने गरेको छ । वर्तमान क्षेत्रिय सभापति कार्की पार्टी सभापतिका रुपमा एक पटक शेर बहादुर देउवा नै बनाउनुपर्छ भनेर दौडिरहेका छन् । उनले सोही अनुरुप महाधिवेशन प्रतिनिधि र अन्य उम्मेदवार तय गर्नमा विशेष रणनीति नै तय गरेका छन् । उनकै भनाईलाई आधार मान्ने हो भने अग्रजको सम्मान गर्दै अव युवालाई अवसर दिने गरी राजनीतिलाई अगाडी बढाउनुको विकल्प छैन । त्यसै कारण त शुक्रवार हुने क्षेत्र अन्र्तगतको प्रदेश क र ख को निर्वाचनका लागी कार्कीको समुहबाट क मा युवा नेता नरेन्द्र पराजुली उम्मेदवार बनेका छन् । ख मा सीताराम आचार्य उम्मेदवार भएका छन् । दुवै उम्मेदवार सो क्षेत्रमा युवा र क्रियाशिल नेताका रुपमा चर्चित छन् । कार्कीले यस पटक क्षेत्रिय सभापतिमा अगाडी सारेका कविर शर्मा फुयालको चर्चा अहिले सवैभन्दा बढी छ । गत स्थानिय निर्वाचनमा वडा अध्यक्षको समेत उम्मेदवार भएर थोरै मतमो अन्तरमा पराजित भएका कविर पेशाले जियोलोजिष्ट हुन् । मासिक डेढ लाखको हाराहारीमा तलव खाएर हाइड्रो पावर कंपनीमा खाइरहेको जागिर समेत छाडेर कविर राजनीतिमा होमिएका हुन् । राजनीतिमा हुने सक्रिय सहभागिताले मात्रै देशमा परिवर्तन संभव छ , त्यसैले पेशागत र ब्यवसायिक मान्छेहरुको उपस्थिति अवको पार्टी राजनीतिमा आवश्यक भएको उनको तर्क छ । उमेरले ३३ बर्ष मात्रै पुगेका कविर त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति गरेर पनि थप चर्चामा थिए । काठमाण्डौ २ को उम्मेदवारीले यति बेला युवाहरु राजनीतिमा पनि चेतनशिल हुनुपर्छ र राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने सन्देश दिएको राजनीतिका जानकारहरु बताउछन् । चौधौ महाधिवेशन अन्र्तगत प्रदेश क र ख को निर्वाचन आगामी मंसिर ३ गते हुदैछ । क्षेत्रिय समितिको निर्वाचन मंसिर ६ गते हुदैछ । सो क्षेत्रमा प्रकाशमान समुहले प्रदेश क र ख को उम्मेदवार तय गरेपछि क्षेत्रिय सभापतिमा कसलाई उठाउने भन्ने निणर्य गरिसकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments