Wednesday, October 27, 2021
घरBanner Newsकागेश्वरी मनोहरा नगर सभापतिमा उद्धव दाहाल विजयी

कागेश्वरी मनोहरा नगर सभापतिमा उद्धव दाहाल विजयी

काठमाण्डौ, १७ असोज
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्र्तगत शनिवार सम्पन्न अधिवेशनबाट उद्धव दाहाल नगर सभापतिमा निर्वाचित भएका छन् । शनिवार अवेर राती भएको निर्वाचनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । उद्धवले १ सय ५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी मिठाराम दाहालले १ सय ३८ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा राम खड्का र शंकर बहादुर विष्ट विजयी भए । सचिव पदमा सुजन थपलिया र सुरेन्द्र प्रसाद ढकाल विजयी भए । उद्धव दाहालकै प्यानलबाट सहसचिवमा विनोद मुल्मी र रमेश प्रसाद घिमिरे विजयी भए । सदस्यहरुमा पनि उद्धव दाहालकै प्यानलबाट उम्मेदवारी दिएकाहरु विजयी भएको प्रचार प्रसार तथा ब्यवस्थापन समितिका संयोजक लवराम दाहालले जानकारी दिए । उद्धव दाहाल शेर बहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । नव निर्वाचित सवैलाई थलीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले प्रमाण पत्र वितरण गरे । कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति कार्कीले उद्धव समुहको जीतले समुहलाई मात्र नभई समग्र कांग्रेसलाई एक ढिक्का बनाउन महत्वपुणर् भुमिका खेल्ने बताए । उनले भने ‘ आउदै गरेको स्थानिय निर्वाचनमा कांग्रेसलाई वडा तह देखी नगरसम्मको नेतृत्वमा विजयी गराउन यो समुहको जीत आवश्यक छ । त्यसैले यो टिमले अव त्यसका लागी भुमिका खेल्नेछ । ’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments