Wednesday, October 27, 2021
घरBanner Newsकागेश्वरी मनोहरा नगर सभापतिमा उद्धवको उम्मेदवारी

कागेश्वरी मनोहरा नगर सभापतिमा उद्धवको उम्मेदवारी

काठमाण्डौ, १४ असोज
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्र्तगत शनिवार हुने कागेश्वरी मनोहरा नगर अधिवेशनमा उद्धव दाहालको नेतृत्वमा देउवा समुहले आफनो उम्मेदवारी आज घोषणा गरेको छ । कागेश्वरी मनोहरा वडा नं ९ मा आयोजित कार्यक्रममा क्षेत्रिय सभापती उपेन्द्र कार्कीले नगर सभापतिका उम्मेदवार दाहालको नेतृत्वले यो समुहलाई मात्र नभई समग्र कांग्रेसलाई एक ढिक्का बनाउन महत्वपुणर् भुमिका खेल्ने बताए । उनले भने ‘ आउदै गरेको स्थानिय निर्वाचनमा कांग्रेसलाई वडा तह देखी नगरसम्मको नेतृत्वमा विजयी गराउन यो समुहको जीत आवश्यक छ ।
साथै यस क्षेत्र र समग्र काठमाण्डौ जिल्लाको नेतृत्वका लागी पनि कागेश्वरी मनोहरामा यो समुहको जीतले महत्वपुणर् सन्देश दिनेछ । ’ नेपाली कांग्रेस केन्द्रिय संघ संस्था समन्वय विभागका सदस्य समेत रहेका दाहालको नेतृत्वमा रहेको समुहमा उपसभापतिमा शंकर बहादुर विष्ट र राख खड्काको उम्मेदवारी परेको छ । त्यस्तै सचिव पदमा सुजन थपलिया र सुरेन्द्र प्रसाद ढकालको उम्मेदवारी परेको छ । सहसचिवमा रमेश घिमिरे र विनोद मुल्मी उम्मेदवार भएका छन् । सो समुहले नगर समितिको सवै ४५ पदमा नै उम्मेदवारी दिएको नगर अधिवेशन तयारी एवं ब्यवस्थापन समितिका संयोजक लवराम दाहालले जानकारी दिए ।
नगर सभापतिका उम्मेदवार दाहालले आफनो टिममा योग्य, सक्षम र इमान्दार साथीहरु भएकाले यो टिमको जीत सुनिश्चित भएको दावी गरे । कार्यक्रममा केन्द्रिय संगठन विभागका सदस्य तथा कांग्रेस नेता शंकर थापाले भुगोल, समावेशिता र योग्यतालाई आधार बनाई समुह तयार गरिएको र वडा तह देखी नै आफनो समुह बलियो भएकाले भारी मतले जित्ने कुरामा आफु विश्वस्त रहेको दावी गरे । कार्यक्रममा विभिन्न इकाईका सभापति, क्षेत्रिय प्रतिनिधि र बाक्लो मात्रामा क्रियाशिल सदस्यहरुको पनि उपस्थिति थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments