Wednesday, October 27, 2021
घरBanner Newsहरिभक्त पुडासैनी समुहको उम्मेदवारी घोषणा

हरिभक्त पुडासैनी समुहको उम्मेदवारी घोषणा

काठमाण्डौ, ४ असोज
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बाँकी जिल्लाको वडा तहको अधिवेशन भोलीबाट शुरु हुदैछ । भोली हुने अधिवेशनका लागी सम्पुणर् तयारी पुरा भएको नेपाली कांग्रेसले जनाएको छ । देशकै महत्वपुणर् निकायको रुपमा रहेको काठमाण्डौ जिल्ला अन्तर्गतका महानगरपालिका र नगरपालिकाको अधिवेशनमा यतीबेला सम्पुणर् कांग्रेको ध्यान केन्द्रित छ । काठमाण्डौ क्षेत्र नम्वर २ अन्तर्गत रहेको कागेश्वरी मनहरा नगरपालिकामा पनि यती बेला महाधिवेशनको सरगर्मी बढेको छ । यो निर्वाचन क्षेत्र सवै रुपमा अन्य क्षेत्रको भन्दा विशिष्ट पहिचान बोकेको क्षेत्र हो । राष्ट्रपति विद्यादेवी भण्डारी देखी पूर्व प्रधानमन्त्री कृष्ण प्रसा भट्टराई समेतले निर्वाचनमा सहभागी भएको क्षेत्र भएकाले यो क्षेत्रले नेपालको राष्ट्रिय राजनीतिमा विशेष पहिचान बोकेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्व प्रधानमन्त्री माधव नेपाल समेतले सो क्षेत्रबाट निर्वाचनमा सहभागी भएका छन् । नेपाली कांग्रेसले एक पटक मात्रै निर्वाचन जितेको सो क्षेत्र धेरै कारण राज्यको महत्वपुणर् क्षेत्रका रुपमा रहेको राजनीतिका जानकारहरु बताउछन् । नेपाली कांग्रेसको महाधिवेशनकै सन्दर्भमा पनि सो क्षेत्र थप महत्वपुणर् बनेको छ । सो क्षेत्रका नेपाली कांग्रेसका नेता तथा क्षेत्रिय सभापति उपेन्द्र कार्कीले काठमाण्डौ जिल्लाको सभापतिका रुपमा उम्मेदवारी दिने निणर्य गरेपछि समग्र काठमाण्डौको राजनीति तरंगित बनेको छ । त्यसैले सो क्षेत्रमा पर्ने कागेश्वरी मनहरा नगरपालिका अन्र्तगतका वडाहरुको निर्वाचनमा अहिले सवैको ध्यान केन्द्रित भएको छ । यसै क्रममा भोली निर्वाचन हुने सो नगरपालिका अन्र्र्तगत वडा नम्वर ८ मा हालका इकाई सभापति हरिभक्त पुडासैनी सहितको समुहले आज आफनो उम्मेदवारी घोषणा गरेकोे छ । सो घोषणा कार्यक्रममा गोठाटार कांग्रेका संस्थापक सभापति रमेश दाहाल सहितको उपस्थिति थियो । हरिभक्त पुडासैनीको समुहले ३६ जना क्षेत्रिय प्रतिनिधि सहित इकाईका सम्पुणर् पदाधिकारीको नामावली सो घोषणा कार्यक्रममा सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसको केन्द्रिय जनसम्पर्क विभागका सदस्य लवराम दाहाल, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य उद्धव दाहाल लगायत पनि सो घोषणा कार्यक्रममा सहभागी थिए । ३ सय ८८ क्रियाशिल सदस्य रहेको सो वडामा झण्डै २ सय क्रियाशिल सदस्य सो घोषणा कार्यक्रममा उपस्थित थिए । घोषणा कार्यक्रमा सम्बोधन गर्दै हालका इकाई सभापति हरिभक्त पुडासैनीले सहमतीको प्रयास गर्दा गर्दै पनि केही साथीको ब्यक्तिगत चाहना पुरा गर्न नसकिएकाले निर्वाचनमा जानु परेको बताए । जनसम्पर्क समितिका सदस्य लवराम दाहालले अझै पनि सहमतीको संभावना रहेकाले बाहिर भएका साथीहरुले टिममा बसेर काम गर्ने चाहना देखाए सहमतीबाट अघि बढ््न सकिने संभावना अझै रहेको प्रष्ट पारे । विगतमा केही दर्जन कार्यकर्ता मात्रै रहेको नेपाली कांग्रेसमा यत्रा ठुलो जमात अहिले सहभागी हुनु नै पार्टीको ठुलो सफलता भएको नेताहरुले बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments