Wednesday, October 27, 2021
घरBanner Newsबेचिनबाट जोगिइन् नेपाली चेली, आरोपी फरार

बेचिनबाट जोगिइन् नेपाली चेली, आरोपी फरार

ललित सुनार, ६ भदौ दिल्ली
विवाह गर्छु भन्दै ललाई फकाई दिल्ली पुर्‍याइएकी एक नेपाली युवतीको एक संस्थाको सहयोगमा केही नेपालीले उद्धार गरेका छन् । ती युवती अहिले दिल्ली स्थित नेपाली दुतावासको संरक्षणमा रहेको र घर फर्काउने तयारी भएको बताइएको छ । बैतडी घर बताउने २२ बर्षिया ति युवतीलाई बैतडीकै एक युवकले विवाह गर्छु भनी लुकुवा बाटोबाट दिल्ली ल्याइपुर्‍याएका थिए । युवतीलाई उद्धार गर्ने संमुहका एक जनाले दिएको जानकारी अनुसार भारतसँग सीमा जोडिएको कंचरपुरको गड्डा चौकी नाकाबाट गत अगष्ट ११ तारिखमा उनीहरुमा भारत प्रवेश गर्न खोजेका थिए । कागजपत्रको अभाव भएका कारण उनीहरुलाई भारत प्रवेशमा रोक लगाइयो । अर्को दिन ति युवतीलाई उनको भिनाजुको जिम्मा लगाइ छाडिएको बताइएको छ । तर सोही दिन ती युवतीलाई लुकुवा बाटोबाट मोटरसाइकलमा भारत सीमा भित्र प्रवेश गराईएको थियो । युवतीले जनाए अनुसार लुकुवा बाटोबाट तीन हजार रुपैयामा मोटरसाइकलबाट सीमा पार गराइएको थियो । सोही दिन बसबाट दिल्ली स्थित आनन्द विहार तर्फ उनीहरु गएका थिए । उनलाई दिल्लीसम्म लिएर जाने युवाले एक जनाको कोठामा ति युवतीलाई लिएर गएका थिए । युवतीले दिएको बयान अनुसार उनलाई कोठामा छाडेर ति युवा गायव भएका थिए ।कोठामा रहेको भारतिय नागरिकले जागिर मिलाइदिने प्रलोभन दिएका थिए । ति युवतीले सो कोठाबाट बलजफ्ती बाहिर निस्कन खोजेकी थिइन् । कोठाबाट बाहिर निस्केर सडक छेउमा गएर बसेपछि र होहल्ला हुन थालेपछि ती भारतियले उनको सामान बाहिर ल्याएर छाडेर भागेको बताइएको छ । ती महिला सडक छेउमा उभिएको ठाँउ दिल्लीको रेड लाइट एरिया भनेर चिनिने जि वि रोड थियो । त्यसै कारण पनि ति युवतीलाई बेच्ने प्रयास गरिएको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । त्यसपछि बाहिर भेटिएका केही मान्छेको सहयोगमा पुलिस मार्फत दिल्ली स्थिति दुतावास सम्म पुग्न ति महिला सफल भएकी थिइन् । दिल्ली स्थित दुतावासको सहयोगमा महिलाको स्वास्थ्य जाँच र अन्य प्रक्रिया पुरा गरी आश्रयमा राखेको थियो । दिल्लीमा सक्रिय रहेको दलित एकता संजाल र आफन्त नेपालको संयुक्त प्रयासमा ती महिलालाई सुरक्षित रुपमा घर पठाउन महिला नेतृ ममता विकले विशेष पहल गर्नु भएको बुझिएको छ । बर्षेनी सयौ नेपाली चेली यस्तै नियतीको शिकार हुने गरेका छन् । केही युवतीहरु बेचिनबाट जोगिए पनि अन्य दर्जनौ युवती भारतका विभिन्न शहरमा बेचिएर नारकिय जीवन विताउन बाध्य छन् । युवतीलाई बेच्न खोज्ने युवा र संलग्नहरुको खोजी कार्य जारी रहेको दिल्ली पुलिसले जनाएको छ । युवतीलाई उद्धार गर्ने समुहले विक्री गर्न खोज्ने नेपाली युवाको विषयमा नेपालमा कानुनी उपचार खोज्न पहल गर्ने जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments