Wednesday, October 27, 2021
घरTrending‘खेलकुदबाटै समाज रुपान्तरण संभव’

‘खेलकुदबाटै समाज रुपान्तरण संभव’

काठमाण्डौ, २० साउन
विश्वको जुन कुनामा रहेपनि खेलको विकासका लागी सवै नेपाली सक्रिय हुनु पर्ने सरोकारवालाहरुको धारणा छ । अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीले आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सह-महासचिव पिताम्वर तिम्सिनाले खेलकुदकै कारण धेरै नेपालीले विश्वका विभिन्न देशमा सम्मानजनक स्थान हासिल गरेको बताए ।
तेक्वान्दो खेललाई मुल पेशा बनाएर अमेरिकामा आफ्ुलाई ब्यस्त बनाइरहेका कुमार कार्की र कल्पना कार्कीले संचालनमा ल्याएको एकेडेमीमा दर्जनौ अमेरिकी र त्यही बसोवास गर्ने नेपालीले पनि प्रशिक्षण लिइरहेका छन् । नेपाली टोली सहभागी हुने विषयमा विवाद देखिएपछि तिम्सिनाले टोकियो ओलम्पिक्स नै जान अस्वीकार गरेका थिए । खेलकुदले विश्वलाई साँघुरो बनाएकाले जुन कुनामा बसेपनि नेपाल र नेपालीको विकासका लागी सवैले सक्दो सहयोग गर्नु पर्ने पनि उनले बताए । उनले भने‘ समाज रुपान्तरणका लागी पनि अव खेलकुदलाई प्राथमिकतामा राख्नुको विकल्प छैन । नेपाल सरकारले यस तर्फ अव सोच्न ढिला गर्नु हुदैन । ’ स्वागत कार्यक्रममा मास्टर दिनेश श्रेष्ठ, ब्यवसायी प्रभुराम थापा र मास्टर राजु नगरकोटी पनि सहभागी थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments