Wednesday, October 27, 2021
घरTrendingपूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, १९ साउन । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट आज सन्यासको घोषणा गरेका छन ।

सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन ।

नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्डविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करियरबाट विदा लिने निर्णय लिएका छन् ।

डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन ।

उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा सन २०१४ मा पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप पनि खेल्ने मौका पायो ।

त्यो समय खड्काले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए । सन २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पाएको थियो ।

त्यो समय पनि उनकै नेतृत्वमा नेपाली टोलीलाई एक दिवसीयको मान्यता हात लागेको थियो । उनै सफल कप्तानले मंगलबार अन्तर्राष्ट्रिय खेल करियरबाट विदा मागेका हुन ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय, नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) बाट निलम्बन हुँदा अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी बहन गर्दै नेपाली क्रिकेटलाई अगाडि बढाएका थिए खड्काले । सन २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका अलराउन्डर पारसले सन २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए ।

उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोली सम्म स्थान बनाएका खड्काले बंगलादेशमा सन २००४ मा भएको आईसिसि अण्डर नाइन्टीन विश्वकप क्रिकेट खेलेका थिए ।

सोही वर्ष मलेशियाविरुद्धको खेलमा आईसिसि इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।

त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् । विश्व वरियतामा नेपाल अहिले १२औं स्थानमा छ । नेपालले एक दिवसीय मान्यता पाएको छ ।

नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन । किनकी एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय दुबैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी पारस खड्का हुन् ।

सन २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करियरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । सोही वर्ष सिंगापुरविरुद्ध टी–ट्वान्टी आन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments