Wednesday, October 27, 2021
घरBanner Newsकांग्रेस उप–सभापति विमलेन्द्र निधि र ईयू राजदूत डिप्रेजबीच भेटवार्ता

कांग्रेस उप–सभापति विमलेन्द्र निधि र ईयू राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच निधि निवास बानेश्वरमा भेटवार्ता भएको छ ।

राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् । उनीहरुबीच झन्डै एक घण्टा लामो भेटवार्ता भएको थियो ।

भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्ने पनि बताएकी छन् ।

उनले वैकल्पिक उर्जा, जलवायु परिवर्तन, लैंगिक समानता लगायतमा पनि ईयूले सहयोग गर्न चाहेको निधिसँग बताएकी छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments