Wednesday, October 27, 2021
घरBanner Newsकांग्रेस अधिवेशन बारे भारतमा चासो

कांग्रेस अधिवेशन बारे भारतमा चासो

ललित सुनार
नया दिल्ली, १८ साउन
नेपाली कांग्रेसको १४ औं महाधिवेशन समयमानै हुन सके मात्र पार्टी थप बलियो हुने विश्वास सरोकारवालाहरुको छ । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको गत आइतवार सम्पन्न बैठकमा कांग्रेसको आगामी महाधिवेशन र प्रवासी नेपालीको सहभागिताको विषयमा छलफल समेत भएको बताइएको छ ।भारतको राजधानी दिल्ली स्थित पशुपतिनाथ मन्दिरमा आयोजित भेलामा समितिका पदाधिकारी लगायत अन्य शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो । कोरोना महामारीका कारण लामो समय देखी कार्य समितिको बैठक भौतिक रुपमा उपस्थित भएर हुन सकेको थिएन । सो बैठक नयाँ दिल्लीको कडकडडूमा स्थित नेपाली पशुपतिनाथ मन्दिरमा भएको थियो । लामो समय पछि भएको बैठकमा कोभिड-१९ का कारण भारतमा ज्यान गुमाउने नेपालीहरुको स्मरणमा समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । सो बैठकमा ज्यान गुमाउनेका परिवार प्रति गहिरो समवेदना प्रकट गरिएको थियो । बैठकमै समितिका पदाधिकारीलाई परिचयपत्र वितरण पनि गरिएको थियो । समितिका अध्यक्ष सुनिता कुवरको अध्यक्षतमा बसेको बैठकले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सहभागिता जनाउने विषयमा पनि छलफल गरेको बताइएको छ । बैठकमा पूर्व अध्यक्ष कृष्णा प्रसाद पाण्डे र पूर्व महासचिव रूद्र बहादुर मल्ल लगायत समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरुको पनि उपस्थिति थियो । बैठक संचालनको जिम्मेवारी लक्ष्मण प्रसाद पाण्डेले लिनु भएको थियो । कोरोनाका कारण आक्रान्त बनेको भारतको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । भारतमा बसोवास गर्ने र विभिन्न पेशामा आबद्ध नेपालीहरुको जनजीवन पनि विस्तारै सामान्य बन्दै गएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments