Tuesday, September 21, 2021
घरBanner Newsसरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन लागि परेको कांग्रेस उपसभापति निधिको दावी

सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन लागि परेको कांग्रेस उपसभापति निधिको दावी

काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन ।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै निधिले जहाँबाट ल्याएर भएपनि कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका हुन् ।

निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढि प्राथमिकता दिएको दावी गरे ।

उनले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताएका छन ।

उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकहरुसँग समेत आग्रह गरेका छन ।

उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments