Tuesday, September 21, 2021
घरBanner Newsविपक्षीलाइ दोष लगाउनुको सट्टा जनताको पक्षमा काम गर्न नेता थापाको सुझाव

विपक्षीलाइ दोष लगाउनुको सट्टा जनताको पक्षमा काम गर्न नेता थापाको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वलाई फेरि झकझकाएका छन ।

उनले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको भन्दै प्रतिपक्षलाई दोष नलगाइ जनताको पक्षमा काम गर्न सुझाव दिएका छन ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे ।

विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले केपी ओलीले यो गरेन् र त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए ।

नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पारे ।

पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments