Tuesday, September 21, 2021
घरBanner Newsकांग्रेस क्रियाशील सदस्यता वितरण झन् पेचिलो बन्दै

कांग्रेस क्रियाशील सदस्यता वितरण झन् पेचिलो बन्दै

काठमाडौं, ११ साउन । कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिंदै गर्दा केन्द्रीय कार्यालय सानेपामा भने दर्जनौं समुह विरोधमा छन् ।

क्रियाशिल सदस्यता वितरणमा समस्या देखिएको भन्दै पार्टी कार्यालयमा बारा जिल्लाका सबै निर्वाचन क्षेत्रसँगै धनुषा र कैलालीका नेताहरु समेत अनसनमा बसेका छन् ।

कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिकाअनुसार मंगलबार वडा अधिवेशन गर्नुपर्ने थियो ।

तर कोरोना महामारी र क्रियाशिल सदस्यता विवाद समाधान नभएका कारण मंगलबारबाट हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित गर्ने निर्णय कांग्रेसले गरिसकेको छ ।

क्रियाशिल सदस्यता छानविन समितिले मंगलबार बिहान सभापति शेरबहादुर देउवालाई सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ । तर कांग्रेस पार्टी कार्यालयमा भने पूर्वसांसददेखि तल्ला तहका कार्यकर्ताहरु अनसनमा बसेका छन् ।

कांग्रेसले गठन गरेको क्रियाशिल सदस्यता छानविन समितिले बारा र सप्तरी जिल्लाको विवाद समाधान गर्न नसक्ने भन्दै दुई जिल्लासहित अन्य केही स्थानको सदस्यता टुङ्ग्याउन केन्द्रीय समितिमा पठाउने तयारी गरेको छ ।

बारामा कांग्रेसको नयाँ क्रियाशिल सदस्यताका बारेमा देखिएको विवादका कारण पुरानै प्रतिनिधि राखेर अघि बढ्ने तयारी छ । तर बाराका कांग्रेस नेता कार्यकर्ताहरु भने विगत १६ दिनदेखि पार्टाी कार्यालयमा धर्ना दिइरहेका छन् ।

त्यसबाहेक धनुषामा क्रियाशिल सदस्यता वितरणमा अर्को पक्षले मनोमानी गरेको भन्दै नेताहरु आमरण अनसनमा बसेको समेत ९ दिन पुगिसेकेको छ । तर आमरण अनसनमा बसेका नेता कार्यकर्ताहरुसँग कांग्रेसले बनाएको वार्ता समितिले छलफल भने गरिरहेको छ ।

त्यसबाहेक कैलालीको एउटा तहमा यसअघिको कांग्रेसका पक्षमा आएको मतभन्दा धेरै क्रियाशिल सदस्यता वितरण गर्न खोजेको भन्दै उनीहरु समेत धर्नामा छन् ।

कांग्रेसले क्रियाशिल सदस्यताका विषयलाई लिएर पार्टी कार्यालयमा धर्ना र प्रदर्शन गरिरहेका नेताहरुसँग छलफल गरेर समस्या समाधान गर्न भन्दै सहमहामन्त्री डाक्टर प्रकाशशरण महतलाइ जिम्मा समेत दिएको छ । तर समस्या समाधान हुन भने सकेको छैन ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments