Tuesday, September 21, 2021
घरखेलकुदटोकियो ओलम्पिकको जुडो खेलमा सोनिया भट्ट पराजित, डोल्गोभा इरिनाको जित

टोकियो ओलम्पिकको जुडो खेलमा सोनिया भट्ट पराजित, डोल्गोभा इरिनाको जित

काठमाडौं, ९ साउन । जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन ।
आज विहान भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन ।

सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन ।

सोनिया नेपालमा आयोजना भएको १३औं सागकी काँस्य पदकधारी खेलाडी हुन ।

सोनियाले महिला ४८ केजीमुनि काँस्य पदक जितेकी थिइन । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments