Tuesday, September 21, 2021
घरखेलकुदरुकुम पश्चिमको मुसिकोटमा सकियो कबर्डहल पुनर्निर्माणको काम

रुकुम पश्चिमको मुसिकोटमा सकियो कबर्डहल पुनर्निर्माणको काम

काठमाडौं, ९ साउन । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा कबर्डहल पुनर्निर्माण भएको छ ।

राष्ट्रिय खेलकुद परिषद मार्फत २०७२ सालमा निर्माण गरिएको कबर्डहल यस वर्ष पुनर्निर्माण गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अनुसार यसअघि बाँकी रहेको कबर्डहलको घेराबार, रंगरोगन, सोलार जडान लगायतको काम भएको हो ।

कबडर्डहल पुनर्निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषको २० लाख, मुसिकोट नगरपालिकाको ५ लाख र प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको ४ लाख गरेर २९ लाख रहेको छ ।

पुनर्निर्माण पछि इण्डोर खेलकुदका गतिविधिहरु सञ्चालमा गर्न सहज हुनेछ । जसअन्तरगत कराते, तेक्वान्दो, व्याडमिण्टन, टेबलटेनिस लगायत खेलहरु खेल्न सकिने छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments