Tuesday, September 21, 2021
घरTrendingगृह प्रवक्तामा पोखरेल

गृह प्रवक्तामा पोखरेल

काठमाण्डौ, ९ साउन
नेपाल सरकारका विभिन्न निकायमा बसेर सफल भुमिका निर्वाह गरेका फणिन्द्र मणि पोखरेललाई गृह मन्त्रालयको प्रवक्ता बनाइएको छ । गृह श्रोतले दिएको जानकारी अनुसार शुक्रवार साँझ सो विषयमा निणर्य भएको हो । प्रवक्ताको जिम्मेवारी सहितको पत्र उनलाई आइतवार दिने तयारी भएको बुझिएको छ । तराईका विभिन्न पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा उनले सफलतापूवर्क कार्य सम्पन्न गरेका थिए । त्यस्तै पहाडका दुई जिल्लामा पनि उनी प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भई काम गरेका थिए । उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत सचिवको रुपमा कार्यभार सम्हालेका थिए । उनले सो प्रदेशमा डेढ बर्ष काम गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङमा बसेर पनि उनले सफलतापूर्वका कार्य सम्पन्न गरेका थिए । स्थानिय निर्वाचनमा तनहुँमा उनले निभाएको भुमिकाको पनि उच्च मुल्यांकन गरिएको स्थानियको भनाई छ । बदलिदो राजनैतिक परिवेश सँगै थप चुनौती थपिएकाले उनले गृह मन्त्रालयमा रहेर स्तरीय भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ । कारागार ब्यवस्थापन विभागमा पनि बसेर कार्य गरिसकेकाले उनको अनुभव गृह मन्त्रालयमा थप महत्वपुणर् हुने विश्वास गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments