Wednesday, October 27, 2021
घरTrendingमुसुक्क हाँस्दै संचिता चौतारोमा

मुसुक्क हाँस्दै संचिता चौतारोमा

राधेश्याम दाहाल

काठमाण्डौ, ६ साउन
नायिका संचिता लुइटेल बुधवार दिउसो गोठाटारको एउटा बुटिकमा देखा परिन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित तेज विनायक चोक नजिकै खुलेको पिपल चौतारो बुटिकको उदघाटन गर्नका लागी संचिता त्यहा पुगेकी थिइन् । सिधै भारतबाट आयात गरिने र सस्तो र सुलभ मुल्यमा कुर्ता, सारी, लेहेङगा लगायतका पहिरन सो बुटिकमा पाइने संचालकहरुले जनाएका छन् । महिला उद्यमी मनु सेनी दाहाल र एकता अग्रवालले संयुक्त रुपमा संचालनमा ल्याएको पिपल चौतारो बुटिक उदघाटन गर्दै संचिताले सफलताको शुभकामना ब्यक्त गरिन् । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी सफल नायिक संचिताको उपस्थितिले आफुलाई उत्साही बनाएको संचालकहरुले जनाएका छन् । अनलाइन डेलिभरी र होम सर्भिसको पनि ब्यवस्थान गर्ने तयारी भएको उनीहरुले जनाएका छन् । सो अवसरमा संचालकहरुले नायिका लुइटेललाई मायाको चिनो पनि हस्तान्तरण गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments