Sunday, August 1, 2021
घरविशेषकांग्रेस सांसद सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिने घोषणा

कांग्रेस सांसद सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिने घोषणा

काठमाडौं, ३ साउन । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बुधबार बीपीलाई सम्झिँदै स्मृति दिवस पारेर सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ ।

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको बताएका छन् ।

पार्टी क्रियाशिल सदस्यता, समायोजन लगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments