Sunday, August 1, 2021
घरBanner Newsए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग

ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग

काठमाडौं, ५ साउन । ललितपुरका चार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् ।

कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेका हुन् ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी असोज ३ गतेदेखि गर्ने तय भएको थियो ।

कोरोना महामारीको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजना गर्नु कुनै पनि हालतमा उपयुक्त नभएको ठहर गर्दै चार क्लबले संक्रमण दरमा कमी आएपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने जनाएका छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments