काठमाडौं । कक्षा १२ को अन्तिम वार्षिक परीक्षा यही साउन ३१ गते बिहीबारदेखि परीक्षा शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा यही साउन ३१ गतेदेखि लिने तयारी गरेको हो ।
बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु भई भदौ ९ गतेसम्म सञ्चालन हुने बताएको छ । परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।
भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।
३१ गते बिहीबार बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुने परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । परिक्षमा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।