Sunday, August 1, 2021
घरBanner Newsगान्धी स्कुलमा नारा लाग्यो, मेयरको मनोमानी मुर्दावाद

गान्धी स्कुलमा नारा लाग्यो, मेयरको मनोमानी मुर्दावाद

काठमाण्डौ, ४ साउन
गान्धी स्कुलको विषयलाई लिएर आन्दोलन गरिरहेको पक्षले मेयरको मनोमानीले हद नाघेकाले कडा आन्दोलनको विकल्प नभएको बताएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेको गैर कानुनी निणर्य खारेजीको माग राख्दै नेपाली कांग्रेस कागेश्वरी मनोनगरा वडा नं ९ इकाई गत चार दिन देखी आन्दोलनमा उत्रेको छ । सप्ताहब्यापी आन्दोलनको घोषणा गरेको कांग्रेसले आज पनि मेयर विरुद्ध कालो ब्यानर र प्लेकार्ड प्रर्दशन गरे । मेयरको मनोमानी मुर्दावाद, अवैधानिक निणर्य खारेज गर जस्ता प्लेकार्ड बोकेर उनीहरु विरोधमा उत्रेका थिए । विरोध कार्यक्रममा बोल्दै इकाई सभापति अनिल थापाले मेयरले आफनो मुडमा नगरपालिका चलाउन खोजेको आरोप लगाए । उनले भने ‘ मेयर आफैले दुई बर्ष अगाडी ब्यवस्थापन समितिको अध्यक्षमा राधेश्याम खड्कालाई ल्याउनुभयो, एक बर्ष कार्यकाल अझै बाँकी हुदै समिति नै विघटन गर्ने कस्तो काइदा हो ? मुडको आधारमा प्रधानाध्यापक परिवर्तन गर्ने, शिक्षक सरुवा गर्ने यो कस्तो शैली हो मेयर सापको ’। सोमवारको विरोध कार्यक्रममा पूर्व विद्यार्थी, स्थानिय अभिभावक र विभिन्न इकाईका नेताहरुको बाक्लो उपस्थिति थियो । आयोजकहरुले दिएको जानकारी अनुसार मंगलवार पनि विरोधको कार्यक्रम जारी रहनेछ । मंगलवार स्थानिय बुद्धिजीवि र सरोकारवालाहरुको उपस्थितिमा विरोध कार्यक्रम संचालन गरिने बताइएको छ । गान्धी आर्दश माध्यामिक विद्यालय नजिकै मेयर कृष्णहरि थ थापाको निवास छ । सो क्षेत्र आसपासमा बस्ने स्थानिय बासिन्दाले पनि मेयरले सानो कुरामा अनावश्यक राजनीति गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । मेयरले विद्यालयमा हात हालेर गल्ती गरेको आरोप उनीहरुको छ । मेयर थापा भने अझै पनि पछि हट्ने अवस्थामा नरहेको बताउदै आएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments