Sunday, August 1, 2021
घरBanner Newsपशुपति कोषमा अहिलेसम्म पनि प्रधानमन्त्री केपी ओली नै

पशुपति कोषमा अहिलेसम्म पनि प्रधानमन्त्री केपी ओली नै

काठमाण्डौ, ४ साउन
प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री बनेको आज तीन दिन वितिसक्यो तर पशुपति क्षेत्र विकास कोषले अहिलेसम्म पनि प्रधानमन्त्रीका रुपमा खड्ग प्रसाद(केपी) शर्मा ओलीलाई नै मानिरहेको छ । नपत्याए पशुपति क्षेत्र विकास कोषको वेभसाइट खोलेर हेर्नुहोस त । योबाटै पुष्टि हुन्छ इ पुजा गर्छु भनेर गफ दिने पशुपति क्षेत्र विकास कोष प्रविधिको प्रयोगमा कति सम्म पछाडी छ भन्ने पुष्टि हुन्छ । हुन त आफुले मन नपराएको पार्टीको मान्छे प्रधानमन्त्री भएपछि वेभसाइटमा परिवर्तन पनि के गर्नु भनेर हतार नगरेको पनि हुन सक्छ । पशुपति क्षेत्र विकास कोषमा अहिलेसम्म भएका नियुक्तीहरु स्तरीय नहुदा सो संस्थाको अवस्था दिन दिनै कमजोर र धरासायी हुदै गएको छ । कोष अन्र्तगत रहेका सयौ रोपनी जमिन वेवारिसे हालतमा पुगेका छन् । बालुवा बेच्ने र अन्य खालका भ्रष्टाचारमा कोष लिप्त भएको आरोप पनि लाग्दै आएको छ । कोषको अध्यक्षका रुपमा पनि पूर्व मन्त्री लिलानाथ श्रेष्ठकै नाम राखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments