Sunday, August 1, 2021
घरBanner Newsसत्ताभन्दा बाहिर बसेर अहंकार नदेखाउनुस्ः मिनेन्द्र रिजाल

सत्ताभन्दा बाहिर बसेर अहंकार नदेखाउनुस्ः मिनेन्द्र रिजाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले नेताहरुलाई सत्ताभन्दा बाहिर बसेर अहंकार नदेखाउन आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले एमाले नेताहरुले अहंकार नदेखाउन आग्रह गरेका छन् । अबको सत्ता कसरी चल्छ भनेर नेपाली जनताले हेर्ने पर्नी पनि बताएका छन् ।

कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेर अध्यादेश ल्याउन थालेको, जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको, प्रतिनिधिसभा विघटन र अदालतमाथि आक्रमण जस्ता काम गरेको आरोप समेत लगाएकाछ न् । रिजालले भने, ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन् ।’

शेरबहादुर देउवामाथि विश्वासको मत भएको दाबी समेत गरेका छन् । आफूभन्दा अगाडि बोलेका एमाले सांसद प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्दै सांसद रिजालले भने, तपाईंहरुलाई पनि यहाँबाट पाखा लगाउन होइन, हरेक दिन सुनेका टिकाटिप्पणीबाट सच्चिन्छौं ।’

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments