Sunday, August 1, 2021
घरBanner Newsदेउवाको १ सय ४३ मत सुनिश्चित

देउवाको १ सय ४३ मत सुनिश्चित

काठमाडौं, ३ साउन । जनता समाज पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि अब देउवाको पक्षमा बहुमत पुग्ने पुग्छ । नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments