Sunday, August 1, 2021
घरTrendingफोटो लिदा पनि तनाव हुने कस्तो सामुदायिक अस्पताल? कतै वेथितिको अड्डा त...

फोटो लिदा पनि तनाव हुने कस्तो सामुदायिक अस्पताल? कतै वेथितिको अड्डा त होइन ?

काठमाण्डौ, ३ साउन
गान्धी आर्दश माध्यामिक विद्यालयमा भएको आन्दोलनको समाचार संकलन गरेर फर्कदै गर्दा नजिकै रहेको गान्धी तुलसी सामुदायिक अस्पतालको फोटो लिइरहेको बेला सो संस्थाका केही कर्मचारीले किन फोटो लिएको भन्दै आपत्ती जनाए । सो संस्थामा काम गर्ने एक जना स्टाफ नर्सले फोटो लिनका लागी प्रशासनको स्वीकृती लिनुपर्छ भनिन् । मैले उनका यी सवै विषयमा प्रतिबाद गरें र फोटो लिएर आफनो बाटो लागे । सडकबाटै देखिने सो अस्पतालको फोटो लिदैंमा आतंकित हुने विषयले मलाई सो अस्पतालका विषयमा केही जान्ने चाहना बढेर गयो । सो अस्पतालका बारेमा बुझदै जाँदा संचालकहरुले कर्मचारीहरु माथी गर्ने ब्यवहार, अस्पताल संचालनको शैली, अस्पतालको भाडा लगायत मात्र होइन अस्पतालको दैनिक कार्यमा पनि धेरै समस्या रहेको गुनासोहरु प्राप्त भएका छन् । सोही अस्पतालमा उपचार गराएर फर्केका एक जना विरामीले त आफुलाई गलत उपचार गराएको आरोप समेत लगाए । उनले अस्पतालमा नक्कली डाक्टर हो कि भन्ने शंका आफुलाई लागेको समेत दावी गरे । यो विषयमा अस्पतालका संचालकहरुसँग बुझने प्रयास गरेपनि त्यो संभव हुन सकेको छैन । फोटो लिदैमा आपत्ति जनाउने सो अस्पतालका बारेमा प्राप्त हुने सवै सुचना र जानकारी हामी क्रमैसँग पस्कदै जाने छौ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments