Sunday, August 1, 2021
घरTrendingटोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिले गरिन बिदाई

टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिले गरिन बिदाई

काठमाडौं, ३१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियोमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई शुभकामना दिदै बिदाई गरेकी छन् ।

बिहीबार शीतल निवासमा राष्ट्रपति भण्डारीले ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ओलम्पिकमा सहभागी हुन नेपालबाट खेलाडी र प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments