Wednesday, October 27, 2021
घरविशेषपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै दोब्बर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै दोब्बर

काठमाडौं, ३१ असार । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै दोब्बर बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी गराए अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

यो संख्या बुधबारको तुलनामा झण्डै दोब्बर हो । बुधबार १८ जनाको मृत्यु भएको थियो । आज मृत्यु हुने ३३ जना थपिएसंगै हालसम्म देशभरमा मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टाको अवधिमा २ हजार ६ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार २ सय ५६ आरटी पिसिआर पिसिआर परीक्षण गर्दा १ हजार ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ५ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार कुल १२ हजार ७६८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतालको आइसियूमा ६ सय २ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत रहेका छन ।

स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार आज देशभरबाट १ हजार ७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन । योसँगै हालसम्म देशभरमा निको हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ । निको हुने यो दर ९४ दशमलव ६ प्रतिशत हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments