Sunday, August 1, 2021
घरखेलकुदटी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाको जित, वेस्ट इन्डिज ४ रनले पराजित

टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाको जित, वेस्ट इन्डिज ४ रनले पराजित

काठमाडौं, ३१ असार । अष्ट्रेलियाले चौथो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

सेन्ट लुसियामा आज भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । जारी पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित समेत हो ।

अष्ट्रेलियाले दिएको १ सय ९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनैपनि रन खर्चेनन ।

उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरेपनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन । वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

इभिन लेविसले ३१ रन जोड्दा कप्तान निकोलस पुरनले १६ रन बनाए । त्यस्तै फाबियन एलनले २९ रन जोड्दा आन्द्रे रसेलले अविजित २४ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए ।

एडम जाम्पाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे । वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए ।

ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए । वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यसअघि नै गुमाईसकेको छ ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३÷१ ले अघि रहेको छ । दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments