Wednesday, October 27, 2021
घरमनोरञ्जनरिल होइन रियल हिरो को उपाधि पल शाहलाई

रिल होइन रियल हिरो को उपाधि पल शाहलाई


काठमाण्डौ, १५ असार
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सवाधिक चर्चाको रुपमा रहेका पल शाहलाइ एक कार्यक्रम विच रियल हिरोको उपाधि प्रदान गरियो । चलचित्र पत्रकारिता मार्फत आफुलाई स्थापित गर्ने प्रयासमा रहेका प्रकाश सुवेदीले एक कार्यक्रमको आयोजना गरि नायक तथा कलाकार पल शाहलाई रियल हिरोको उपाधि प्रदान गरे । हुन त उनले प्रदान गरेको उपाधिका विषयमा नेपाली चलचित्र क्षेत्रमा ब्यापक विश्लेषण र बहस हुने गरेको छ । मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा शाहलाई चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा सो उपाधि प्रदान गरियो । चलचित्र बिक़ास बोड़क़ा अध्यक्ष दयाराम दाहाल र चलचित्र प्राबिधिक संङक़ा अध्यक्ष पुष्कर लामाले हस्ताक्षर गरि उक्त समान प्रदान गरेक़ा थिए । सो सम्मान पाएपछि पल शाह निकै भावुक पनि देखिएका थिए । कोरोना कहर शुरु भए देखी यता नेपालका विभिन्न भागमा पुगेर आम जनताको सेवामा समर्पित भएको भन्दै उनलाई सो सम्मान दिइएको थियो । पल शाहले यो अवधिमा नेपालका विभिन्न जिल्लाका विकट क्षेत्रमा पुगेर सर्वसाधारणलाई सहयोग गरेका थिए । उक्त सम्मान पाएपछि शाहले भने‘ मैले सम्मान पाउनका लागी यस्तो काम गरेको होइन तर सम्मान पाउदा म निकै खुशी छु र भावुक पनि भएको छु । ’ उनले आगामी दिनमा पनि जनताको सेवामा आफु समर्पित रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments