Wednesday, October 27, 2021
घरजीवनशैलीबाढीपहिरोका कारण १३ सडक अवरुद्घ, २८ सडक एकातर्फ १५ सडक पूर्ण रुपमा...

बाढीपहिरोका कारण १३ सडक अवरुद्घ, २८ सडक एकातर्फ १५ सडक पूर्ण रुपमा सञ्चालन

काठमाडौं, ९ असार । लगातार परेको वर्षाका कारण बाढी र पहिरोबाट देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्घ छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा आएका छन् ।

वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु आजसम्मको विवरण अनुसार देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्घ छन् भने २८ सडक एकातर्फी मात्रै सञ्चालनमा आएको छन् । असार यता ५६ सडक अवरुद्घ भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ ।

सडग विभागका अनुसार विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको जनाएको छ ।

अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ ।

तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments