काठमाडौं, ९ असार । करिब डेढ घण्टा अवरुद्ध बनेको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसनको इन्टरनेट पुन सुचारु भएको छ ।
दिउँसो ३ः५५ देखि सुरु भएको समस्या ४ः५५ मा केही हदसम्म हल भएको र ५ः२० मा पूर्ण रूपमा समस्या हल भएको वर्ल्डलिङ्कले बताएको छ ।
इन्टरनल गेटवे राउटरमा देखिएको समस्याका कारण करिब डेढ घण्टा अवरुद्घ बनेको थियो ।