Sunday, August 1, 2021
घरजीवनशैलीविपक्षी गठबन्धनको बैठक देउवाको निवास बूढानीलकण्ठमा शुरू

विपक्षी गठबन्धनको बैठक देउवाको निवास बूढानीलकण्ठमा शुरू

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल गर्न विपक्षी गठबन्धनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

उक्त बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् । विपक्षी गठबन्धनमा रहेका दलहरुबीत गठबन्धन कसिलो बनाउँदै लैजाने र नियमित संवाद जारी राख्ने सहमति यसअघि नै भइसकेको छ ।

बैठकमा गण्डकी प्रदेश मन्त्रिपरिषद्मा कार्यविभाजनमा देखिएको समस्या समाधन गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments