Sunday, August 1, 2021
घरBanner Newsउपत्यकामा अझै १० दिन लकडाउन

उपत्यकामा अझै १० दिन लकडाउन

काठमाडौं, ५ असार । काठमाण्डौ उपत्यकामा थप १० दिन लकडाउन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको जोखिम अझै रहेकाले निषेधाज्ञा आवश्यक रहेको भन्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले थप्ने तयारी गरेको बुझिएको छ । उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञा ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको बताइएको छ । जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् । ‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं, हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’ प्रजिअ पराजुलीले बताए । यस अघि नै असार ७ गतेसम्मका लागी उपत्यकामा लकडाउन गरिएको थियो । आइतवार तीनै जिल्लाका सिडिओको बैठक बसी लकडाउन थप्ने निणर्य गर्ने बुझिएको छ । साथै केही क्षेत्रको निषेधाज्ञा खुकुलो बनाउने तयारी पनि भएको बुझिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments