Wednesday, July 28, 2021
घरTrendingमर्स्याङ्दी को तल्लो तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन अपिल

मर्स्याङ्दी को तल्लो तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन अपिल

चामे, ५ असार । केही घण्टा थुनिएको मर्स्याङ्दी नदी अहिले बग्न थालेपछि स्थानियहरुलाई सतर्क अपनाउन आग्रह गरिएको छ ।

केहीबेर थुनिने र खुलाउने गर्दागर्दै अहिले दायाँपट्टी च्याप्दै मर्स्याङ्दी बग्न थालेको मनाङका सीडीओ विष्णु लामिछानेले जानकारी दिएका छन् । माथिल्लो मनाङको हुम्डेमा मर्स्याङ्दी आधा घण्टा थुनिएको प्रशासनले जनाएको छ ।

त्यहाँको हुम्डे विमानस्थलको उत्तरी भागदेखि डेढसय मिटर माथि रहेको थुम्का खसेपछि नदी थुनिएर हुम्डेमा बाढीले दायाँपट्टी लो–फेलिङ स्कुलतर्फ च्याप्दै लगेको छ । दायाँबाट पहिरो पनि खस्न थालेको जनाइएको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । माथि थुनिएको असर तल्लो भेगमा पर्न सक्ने भएकाले सतर्क हुन भनिएको सीडीओ लामिछानेले दिएको जानकारी दिएका छन् ।

बाढी ठूलो भएर आउँदा चामेलगायत बस्तीका ठाउँमा मर्स्याङ्दी वारिपारिसम्म बगेको छ । त्यहाँ पारिपट्टीका घरहरु डुबेका छन् । जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पानी खुलाउने प्रयास भइरहेको जनाएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments